सर्लाहीको बरहथवा घटना : परिवारले बुझ्यो शव, भयो ११ बुँदे सहमति
जानकारी केन्द्र
२०८०, पुष, २३
सर्लाही । मृतकका परिवारसँग ११ बुँदे सहमति भएसँगै सर्लाहीको बरहथवा क्षेत्र शान्त बनेको छ । गत शुक्रबार अस्पताल निर्माणको विषयलाई लिएर भएको विवादका क्रममा गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएपछि बरहथवा तनावग्रस्त बनेको थियो ।
मृतकका परिवार र स्थानीय प्रशासनबीच आइतबार साँझ एघार बुँदे सहमति भएसँगै बरहथवा क्षेत्र शान्त बनेको हो । सहमति भएसँगै मृतक शाहको शव उनको परिवारले बुझेको छ ।
सहमति अनुसार प्रादेशिक अस्पताललाई मृतक जयशंकर साह नामकरण गर्ने, परिवारले चाहेको स्थानमा मृतकको शालिक निर्माण गर्ने, मृतकका परिवारमा रहेका आश्रित परिवारका एक जना सदस्यलाई रोजगारी दिने, घटनाको निष्पक्ष छानबिन गर्ने लगायत विषयमा सहमति भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
