छोराले खुकुरी प्रहार गर्दा चक्रवर्ती कलेजका अध्यक्ष भण्डारी गम्भीर घाइते
काठमाडौं । चक्रवर्ती हबी एजुकेशन एकेडेमीका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोराले खुकुरी प्रहार गरेका छन् । उनीमाथि सोमबार राति आफ्नै छोरा निरजको समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट उनी गम्भीर घाईते भएका छन् । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
अध्यक्ष भण्डारीको परिवारभित्र उक्त कलेजको स्वामित्वबारे विवाद उत्कर्षमा पुगेको थियो । कलेजको स्वामित्व विवाद कम्पनी रजिष्ट्रार कार्यालय हुँदै अदालतसम्म पुगिसकेको छ । देवेन्द्रका छोरा निरजले आफूलाई कलेजको अध्यक्ष मान्दै आएका छन् । देवेन्द्र स्वयंले पनि आफूनै कलेजको अध्यक्ष भएको दाबी गर्दै आएका छन् ।
निरजले आफूलाई मंसिर १ गतेको सञ्चालक समितिको बैठकले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको दाबी गर्दै आएका थिए । सोही दाबी बमोजिम उनले सोको कार्यान्वयन हुनुपर्ने भन्दै क्याम्पसमा आफू समर्थित १५÷२० जना युवाहरु सहित हिजो आएर क्याम्पसभित्र प्रवेश गरेका थिए । उनले आफ्ना बाबु देवेन्द्रलाई कजेल प्रवेशमा समेत रोक लगाएका थिए । सोही क्रममा विवाद हुँदा उनी र उनका समर्थनमा आएका युवाहरुले देवेन्द्रमाथि खुकुरी प्रहार गरेका हुन् ।
देवेन्द्रको टाउकोमा गम्भीर चोट लागेको छ भने निरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देबेन्द्रका परिवारका छ जना सदस्यको स्वामित्वमा उक्त कजेजको शेयर रहेको छ ।
जसमा देवेन्द्रको स्वामित्वमा दुई लाख कित्ता, निरमायाको स्वामित्वमा ५० हजार कित्ता शेयर रहेको छ । त्यसैगरी परिवारका अन्य सदस्यहरु नरमाया, निरज, अल्पना र स्वताको नाममा जनही ६२ हजार पाँच सय कित्ता शेयर रहेको छ ।
यसरी देवेन्द्र र निरमाया गरी दुई लाख ५० हजार र अन्य चार जनाको नाममा पनि सोही परिणाममा शेयर रहँदा विवाद झनै चुलिँदै आएको थियो ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
