बालेनले दादागिरी देखाएको भन्दै धरहरा निर्माण कम्पनीले माग्यो प्रधानमन्त्री प्रचण्डसँग सुरक्षा
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहमाथि धरहरा निर्माण कार्यमा बाधा पुर्याएको आरोप लागेको छ । शाहले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर धरहरा निर्माणको लागि नेपाली सेना र रक्षा मन्त्रालयसँग सहमति लिएर प्रयोग गरिएको टुँडिखेलको जग्गाबाट निर्माण कम्पनीको सामाग्री र श्रमिकहरुलाई हटाउन भूमिका खेलेका छन् । जसको कारण धरहरा निर्माणको अन्तिम अवस्थाको काममा बाधा पुगेको निर्माण कम्पनीको गुनासो छ ।
मेयर शाहमाथि विगत एक वर्षदेखि नै निर्माण कम्पनीलाई टुँडिखेलको जग्गा प्रयोग गरेको भन्दै दुःख दिन थालेको आरोप छ । भूकम्पले धरहरा भत्काएपछि त्यसको निर्माण गर्ने जिम्मा रमण कन्स्ट्रक्सनले पाएको हो । सो कम्पनील्े पहिलेपनि टुँडिखेलमा निर्माण सामाग्री राखेको थियो । सबै कानूनी प्रक्रिया पूरा गरेर टुँडिखेलको उक्त खाली जग्गा प्रयोग गरिएको कम्पनी सञ्चालकहरुको दाबी छ ।
महानगरका नगर प्रमुख राजुनाथ पाण्डेमाथि टुँडिखेलबाट ती सामाग्री हटाउन दादागिरी देखाएको आरोप छ । निर्माण कम्पनीका प्रतिनिधिहरुले भने कानूनी राज्यको उपहास गर्नेगरि यसरी दादागिरी देखाउनेमाथि कारबाहीको माग गरेका छन् । महानगरले धरहरा निर्माणको सामाग्री राखिएको टुँडिखेलमा डोजर चलाउने काम गर्नु गैरकानूनी भएको उनीहरुको दाबी छ । महानगरको दादागिरीले गर्दा धरहरा निर्माणमा खटिएका श्रमिकहरु पनि अहिले भागेका छन् । नयाँ श्रमिकहरु आउन हिच्किचाएका छन् ।
आफूहरुको सामाग्री सुरक्षाको लागि राज्यले आवश्यक कदम नचालेको पनि कम्पनी पक्षको गुनासो छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि ध्यान जान जरुरी रहेको छ । काठमाडौंका मेयरले अधिकार क्षेत्र मिचेर धरहरा निर्माणमा सकारात्मक भूमिका खेलेको निर्माण कम्पनीमाथि ज्यादती गर्दा पनि राज्य मौन हुन्छ भने विकास निर्माणका काम कसरी अघि बढ्छन् ? भनेर अहिले निर्माण व्यवसायीहरुबीच चर्चा चल्न थालेको छ ।
निर्माण कम्पनीले अहिले यो जाडोमा महानगरले डोजर चलाएर अमानवीय व्यवहार गरेको दाबी गरेको छ । महानगरले भने कम्पनीलाई उक्त जग्गा निश्चित समयको लागि प्रयोग गर्न दिईएको भएपनि अहिलेसम्म प्रयोग गरेर गलत गरेको दाबी गरेको छ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

