Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

काठमाडौं संसारकै उत्कृष्ट नेचर डेस्टिनेसन घोषणा, घुम्नु पर्ने सूचीमा मुस्ताङ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २८
काठमाडौं संसारकै उत्कृष्ट नेचर डेस्टिनेसन घोषणा, घुम्नु पर्ने सूचीमा मुस्ताङ

काठमाडौं । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ले नेपालको राजधानी काठमाडौंलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन) का रुपमा घोषणा गरेको छ ।

ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस २०२४’ घोषणा गर्दै काठमाडौंलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य २०२४ मा राखेको हो । विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाडौं एक नम्बरमा परेको छ ।

ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सात वटा वर्गमा गन्तव्य घोषणा गरेको हो । जसमध्ये १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृति गन्तव्य, खाना गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन् ।

त्यसैगरी ट्रिप एडभाइजरले विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये काठमाडौंलाई २४ औँ नम्बरमा राखेको छ। ट्रिप एडभाइजर संसारको ठूलो यात्रा सहजीकरण गर्ने ‘ट्राभल गाइडेन्स प्लेटफर्म’ हो । जसले यात्रा बुकिङ, गन्तव्य छनौट र योजना बनाउन सहयोग गर्दै आएको छ ।

यस्तै अमेरिकाको चर्चित अखबार ‘द न्यूयोर्क टाइम्स’ले सन् २०२४ मा विश्वभरका घुम्नुपर्ने गन्तव्यको सूचिमा नेपालको मुस्ताङ समावेश गरेको छ । विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै न्यूयोर्क टाइम्सले मुस्ताङलाई सूचिकृत गरेको हो ।

न्यूयोर्क टाइम्सले नेपालको हिमाल पारिको जिल्ला भनेर चिनिने पर्यटकीय क्षेत्र मुस्ताङलाई समावेश गरेको छ । उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स