रेशम पार्टी अध्यक्ष बनेलगत्तै रञ्जिताको मन्त्री पद धरापमा, बुवालाई मन्त्री बनाउने रेशमको तयारी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन नसकिँदै पार्टीमा किचलो सुरु भएको छ । खासगरी पार्टी अध्यक्षमा संरक्षक रेशमलाल चौधरीले आँखा लगाएपछि नै पार्टीमा रेशम र रञ्जिता श्रेष्ठबीच विवाद सुरु भएको थियो । रञ्जिताले रेशमलाई अहिले नै पार्टी अध्यक्ष नबन्न सुझाएकी थिईन् ।
रेशमविरुद्धको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधिन छ । निर्वाचन आयोगले पनि रेशमले परामर्श नलिएको भन्ने कुरा आएपछि रञ्जिताले पति रेशमसँग असन्तुष्टि पोखेकी थिईन् । रेशम कैलालीमा जारी पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रञ्जितालाई भने विधान संशोधन गरेर भएपनि सहअध्यक्ष बनाउने तयारी गरिएको थियो । तर, रञ्जिता अहिले महाधिवेशनस्थल छोडेर काठमाडौंतर्फ हिँडिसकेकी छिन् ।
नाउपानिकट उच्च स्रोतकाअनुसार रेशमले पत्नी रञ्जितालाई सरकारबाट पनि फिर्ता बोलाउने तयारी गरेका छन् । अहिले रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको जिम्मेवारीमा छिन् । रेशमले पत्नी रञ्जितालाई फिर्ता बोलाएर सो ठाउँमा बुवा लालबीर चौधरीलाई पठाउन खोजेका छन् ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

