माघ ११ गते मधेस बन्द गर्ने आजपाको घोषणा
रौतहट । आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले माघ ११ गते मधेश बन्द गर्ने घोषणा गरेको हो ।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो। यी विभिन्न माग गर्दै आजपाले यसअघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो । सरकारसँग यी माग गर्दै आजपाले यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको थियो ।
सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो । आजपा मधेस प्रदेशका इन्चार्ज सुधीर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने उद्देश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् ।
आजपाले मधेस बन्द अघि १ देखि ९ माघसम्म जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १० माघमा मोटरसाइकल र्याली तथा सोही दिन साझा मसाल जुलुस र ११ माघमा मधेस बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
यसअघि आजपाले १० माघमा मधेस बन्द सहित विभिन्न कार्यक्रम घोषणा गरेको भएपनि त्यसलाई परिमार्जन गर्दै ११ माघमा राष्ट्रिय सभाको निर्वाचनकै दिन मधेस बन्दको कार्यक्रम सार्वजनिक गरेको छ।
रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो । यसैगरी आजपाले वीरगंजमा विभिन्न राजनीति दलका प्रतिनिधि, पीडित, सरोकारवाला लगायतको सहभागितामा सर्वपक्षीय छलफल गरेको थियो ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

