नेपाली जनतालाई अधिकार सम्पन्न गराउने ठूलो जिम्मेवारी मेरो काँधमा छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने निकै ठूलो जिम्मेवारी आफ्नो काँधमा रहेको महशुस गरेको बताएका छन् । आज (सोमबार) नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीको आयोजनामा शुरु भएको अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम– २०८० लाई सम्बोधन गर्दै उनले सिंहदरबारको अधिकार गाउँ–गाउँमा र घरघरमा पुर्याउने सबैभन्दा बढि संकल्प आफ्नो र आफू नेतृत्वको पार्टी नेकपा (माओवादी केन्द्र) को भएको बताएका हुन् । उनले आफ्नो नेतृत्वमा संघीय निजामति ऐन, प्रहरी समायोजन ऐन र अन्य आवश्यक ऐनहरु बनेन् भने अरुको नेतृत्वमा बन्दैन की भन्ने चिन्ता रहेको बताए ।
मेरो नेतृत्वमा संघीय निजामती ऐन बनेन्, प्रहरी समायोजन ऐन कार्यान्वयन भएन या संघीय शिक्षा ऐन कार्यान्वयन भएन, संघीय प्रहरी ऐन अगाडि बढेन भने मलाई डर छ अरुको नेतृत्वमा हुँदैन की ? मेरो काँधमा निकै ठूलो जिम्मेवारी छ, नेपाली जनतालाई अधिकार सम्पन्न गराउने । हामीले सिंहदरबारको अधिकार गाउँ–गाउँमा, घरघरमा पुर्याउने भनेर संकल्प लिएका छौं ।’ उनले भने, ‘त्यो संकल्प अलि बढि मेरो छ भन्ने मैले महशुस गरेको छु । मैले नेतृत्व गरेको पार्टीको छ र हामी गठबन्धनको छ । हिजो १२ बुँदे समझदारी र शान्ति सम्झौतमा सहभागी सबै राजनीतिक दल प्रतिपक्षमा भएपनि सत्तामा भएपनि सबैको छ । यसलाई गम्भीर रुपले महशुुस गरेर म अगाडि बढिराखेको छु ।’
तेस्रो पटक सरकारको नेतृत्व लिँदैगर्दा अर्थतन्त्र निकै त्रासदीपूर्ण र चुनैतिपूर्ण ठाउँमा भएपनि अहिले क्रमशः सकारात्मक दिशातिर अगाडि बढेको उनको भनाइ छ । उनले अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको बताए । उनले अहिले विदेशी मुद्राको सञ्चिती सबैभन्दा धेरै रहेको र पर्यटन आगमनमा पनि नेपालको इतिहासमै सबैभन्दा धेरै पर्यटक आउने रेकर्ड यही वर्षभित्र बनेको बताए । साथै, बैंकको व्याजदरमा कटौति हुँदै गएको, सहकारी र लघुवित्तको समस्या विस्तारै सम्बोधन हुन थालेको, भुक्तानी सन्तुलन र रेमिट्यान्समा बृद्धिका साथै शिथिल भएको उद्योगहरु विस्तारै चलायमान हुन थालेको उनले बताए ।
‘मैले तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्षको अवधि पूरा भएको छ । जतिबेला मैले सरकारको नेतृत्व लिएका थिएँ, यहाँहरुलाई थाहा छ, त्यतिबेला नेपालको अर्थतन्त्र निकै त्रासदीपूर्ण र चुनैतिपूर्ण ठाउँमा थियो ।’ उनले भने, ‘मानिसहरुमा अब नेपालको अर्थतन्त्र डुब्यो भन्ने आतंक थियो । निर्वाचनबाट आएको त्रिशंकु संसद्ले राजनीतिक स्थायित्व दिने हो की होईन भन्ने निकै ठूलो संशय आम मानिस र राजनीतिक बृत्तमा थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामू विद्यामान चुनौति सम्बोधन हुँदै क्रमशः सकारात्मक दिशातिर अगाडि बढेको छ ।’
विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संघ÷संस्थाहरुले गत हप्ता नेपालको अर्थतन्त्र विश्वको अर्थतन्त्रको तुलनामा राम्रो सुधार भएको भनेर निश्कर्ष निकालेको उनले बताए । उनले एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल भएको बताए । श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गरिएको र लाखौं नेपाली श्रमिकहरु यसमा आवद्ध हुने क्रम जारी रहेको उनले बताए ।
देशभरका सरकारी अस्पतालका १० प्रतिशत बेड गरिब, असहाय र विपन्न वर्गका लागि छुट्याउने काम वर्तमान सरकारले गरेको उनले बताए । सुशासनको क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, अवैध सुन तस्करी प्रकरणको छानविन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी गराए । साथै, सरकारले एक वर्षको लाखों नागरिकता विहीनको समस्या समाधान, विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पुयाइएको, विश्वविद्यालयहरुमा सुधारको पहल गरिरहेको उनले बताए ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा यो अवधिमा गुणात्मक प्रगति भएको र नेपालको प्रभाव विश्वमा विकास भएको उनले बताए । साथै, यति हुँदाहुँदै पनि निराशा बाँकीनै रहेको बताए । उनले आफ्नै कार्यशैलीबाट सरकारलाई सुधारको बाटोमा लाने प्रयास गरिरहेको बताए ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

