मास्टर पढेकालाई थेसिस बुझाउने अन्तिम मौका
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालयता स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई थेसिस बुझाउन अन्तिम मौका प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजशास्त्र संकायले अन्तिम पटकका लागि मौका दिएको हो ।
स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा पास भएका तर, थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम एक पटक मौका दिएको हो । त्रिवि प्राज्ञिक परिषद्को पुस २५ गते बसेको बैठकले २०८१ असार मसान्तसम्ममा बुझाउन भनेको हो । एम.फिल तहका परीक्षार्थीहरूको हकमा २०६८ सालमा भर्ना भई समय सीमा काटेकाहरुले उक्त अवसर पाउनेछन् ।
स्नातकोत्तर तह र एम. फिल तहको सैद्धान्तिक परीक्षा पास गरिसकेका विद्यार्थीका लागि स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गत सैद्धान्तिक विषय पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेकाहरूलाई यस्तो मौका प्रदान गरेको हो ।
२०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक सम्मिलित भएका र सो पछि भर्ना भई समय सीमा काटेकाहरू तथा सेमेस्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेको परीक्षार्थीहरूले मात्र २०८१ असार मसान्त भित्र बुझाउन समय दिएको हो ।
सम्बन्धित समाचार
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

