हर्क साम्पाङले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न उच्च अदालतको आदेश
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो ।
वीपी प्रतिष्ठानमा देखिएको समस्या र शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै साम्पाङले प्रतिष्ठानमा गएर ताला लगाएका थिए ।
‘बन्द हड्ताल जस्ता कारणले स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरु बञ्चित हुन गईरहेको अवस्थामा सार्वजनिक हितको एवं नागरिकहरुको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालवन्दीले नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नु गराउनु एवं कुनै पनि व्यक्ति, संघ, संगठनहरुबाट अन्द, हडताल, तालाबन्दी नगर्नु नगराउनु भनी विपक्षीहरुको नामदेवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा अदालत नियमावली २०७३ को ४२ बमोजिम प्रारिम आदेश जारी गरीएको आदेशको जानकारी विपक्षीहरुलाई दिई कानून बमोजिम गर्नु’
आदेशमा भनिएको छ ।
प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन्। उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ।
बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न चेतावनी दिँदै उनले आवश्यक परेका बेला म आफैँ आएर खोल्ने उल्लेख गरेका थिए ।

सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

