Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ६
वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । एक किशोरीलाई नागरिकता दिलाएको आरोपमा मेयर सिंहविरूद्ध गृहमा लिखित उजुरी परेको हो ।

बुधबार वीरगन्जका जनमत पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका ८ स्थानीय नेताहरूले काठमाडौं पुगेर गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

नगर प्रमुख सिंहमाथि ९ वर्षअघि काठमाडौंमा जन्मिएकी (बाबु र आमाको नाम सम्झना नभएको) एक जना भट्टराई थर भएको दम्पत्तिको छोरीलाई आफ्नो छोरी भनी निजको नाम रुबीना श्रेष्ठ राखी नागरिकता बनाईदिएको आरोप लागेको छ । मेयर राजेशको भने एकमात्र सन्तान (छोरा अनिशमान सिंह) रहेका छन् ।

मेयर सिंहले २०५९ असार ३० गते जन्ममिति राखी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को कार्यालयबाट २०७१ साल कार्तिक २० गते जन्मदर्ताको झुठो प्रमाणपत्र बनाउन लगाएको आरोप लागेको छ ।

पैसाको ठूलो चलखेल गरेर यसरी झुठो जन्मदर्ता बनाई सोही झुठो जन्मदर्ताको आधारमा जिल्ला प्रशासन कार्यालयमा अर्काकी छोरीलाई आफ्नो छोरी हो भनेर झुठो विवरण पेश गरेर २०७५ साउन १३ गते रुबीना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरको नागरिकता बनाउन सफल भएको देखिएको थियो ।

मेयर राजेशले गरेको काम नागरिकता ऐनको र राहदानी ऐनले गरेको व्यवस्थाविपरितको कार्य भएको र सो कार्य अपराधिक कार्य भएकोले अपराध गर्ने अपराधीलाई अविलम्ब पक्राउ गरी पदबाट निलम्बन प्रक्रिया अघि बढाउन उजुरीकर्ताको माग छ ।

विपक्षी रुबीनाले सोही नागरिकता प्रयोग गरेर २०७९ साउन २४ गते राहदानीसमेत लिएकी छिन् । यस बारे जिल्ला प्रशासन कार्यालयमा कांग्रेस वीरगञ्जका क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दिनले गत पुस २४ मा उजुरी दिएका थिए । मेयर सिंह नक्कली बाबु बनेर रूविनालाई नागरिकता दिलाएको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन अघि बढाएको छ।

Top Changing Nepal

युट्युब सट्स