राजनीति नसुल्झिँदासम्म अरू नीति सुल्झिँदैन, पहिले राजनीति सुधारौं : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीति ठीक दिशामा अघि नबढेको बताएका छन् ।
सुर्खेतमा शुक्रबार मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सबै नीतिलाई राजनीतिले नेतृत्व गर्ने हुँदा अरु विभिन्न क्षेत्रका नीति सुधार्न पहिले राजनीति सुल्झिनुपर्ने बताए। उनले भन्नुभयो– राजनीति सुल्झिएन भने अरू शाखा नीति सुल्झिँदैनन्, पहिले राजनीति सुल्झिनुपर्छ ।
अध्यक्ष ओलीले राजनीतिक दलले आफ्नो स्वार्थको लागि शैक्षिक संस्था वा अन्य सार्वजनिक निकायको दुरुपयोग गर्न नहुने बताए । गुरुलाई देवता तुल्य मान्नुपर्नेमा उनीहरू नै असुरक्षित भएको उनको भनाइ छ । पढाइमा विनम्रता, मानवता, राष्ट्रियता, देशभक्ति, विकासशीलता सिकाउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिए ।
उनले आफ्नो जीवन अति कठिनाइका साथ गुज्रिएको र आफूले जिन्दगीमा सुखभन्दा कठिनाइ धेरै खेपेको बताएका थिए । अध्यक्ष ओलीले भने ‘मेरो जिन्दगी एक दिनको घाम, सय दिनको पानी भने जस्तै छ, मेरो जिन्दगी त्यति कष्टपूर्ण ढङ्गले अघि बढ्यो, म दुःख, कठिनाइसँग पछि नहट्ने मान्छे हुँ, अहिले पनि म अलि बढी नै मेहनत गर्छु’ ।
उनले आवश्यक पर्दा आफू चौबिसै घण्टा पनि खट्न सक्ने बताए । अध्यक्ष ओलीले भने ‘अप्ठेरो आयो भने म धेरै अप्ठेरो दिनको परिकल्पना गर्छु, धेरै अप्ठेरो दिनको परिकल्पना गरेपछि त्यहाँसम्म पुग्नै पर्दैन, बराबरैबाट त्यो समाधान हुन्छ’ ।
आफू कहिल्यै पनि चिन्तित भएर नबस्ने र चिन्ता गरेर अर्थ नहुने उनको भनाइ छ । कुनै समस्या आयो भने चिन्ता होइन सामना गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष ओलीले आफू सरकारमा रहँदा धेरै अप्ठेरो खेपेर नागरिकमा आशा जगाउन काम गरेको बताए । आफूले राष्ट्रिय आत्मविश्वास जगाउने काम गरेको कारण व्यक्तिगत आत्मविश्वास पनि बढेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले अहिले राष्ट्र नै त्रासदीपूर्ण स्थितिमा रहेको बताएका थिए । अहिले देशमा विश्वासको वातावरण नै नभएकोले युवाहरू देश छाडेर हिँडिरहेको, व्यवसायीले लगानी नगरेको उनको भनाइ छ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

