‘लिभिङ टुगेदर’मा बसेकी सफिनाको हत्या : तीन महिनादेखि बन्द कोठाको खाटमुनि थियो शव
काठमाडौं । काठमाडौं महानगरपालिका १५, स्वयम्भुको शोभाभगवतीमा एक महिलाको हत्या गरी भारत पुगेका व्यक्ति समातिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार दरभङ्गा घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारीलाई पक्राउ गरेको हो ।
शोभाभगवतीस्थित सरिता गिरीको दुई तले घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका बेला स्थानीयको रोहबरमा धरधनीले खोलेर हेर्दा महिलाको शव फेला परेको थियो । त्यसपछि काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त, स्वयम्भुको टोलीले हत्याको घटनाको अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा उक्त शव तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियाको भएको यकिन भएको थियो । उनको साथमा अर्का एक जना पुरुष पनि बस्ने गरेको खुलेपछि खोजी गर्ने क्रममा उनी भारतसम्म पुगेको खुलेको थियो ।महिलाको हत्यापछि उनी भागेर बाहिर निस्किएको खुलेको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जनाए ।
‘हत्यापछि वीरगञ्ज जाने सुमो चढेर गएको देखिन्छ, त्यसपछि रक्सौल, गुजरात, लखनउ हुँदै भारतको विभिन्न स्थानमा करिब २ महिनासम्म लुकिछिपी बसेको देखिन्छ’, उनले भने, ‘त्यसक्रममा उनी भारतमा रहे पनि आफ्ना साथीहरुको माध्यमबाट घटना बारे निरन्तर सूचना लिइरहेका थिए ।’
प्रहरीका अनुसार, घटना बारे कसैलाई जानकारी नभएको सोचेर उनी पुनः १०-११ पुसतिर काठमाडौं आएर कालिमाटीस्थित दिलिप साहको विएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए । त्यहीबेला खोजी गरिरहेको प्रहरीले उनलाई कालीमाटीबाट पक्राउ गरेको एसपी ढुंगेलले बताए ।
खाटमुनि शव लुकाएर फरार
प्रहरीका अनुसार, इकरामुल हक पछिल्लो ८-९ वर्षयता नेपालमा बस्दै आएका थिए । गार्मेन्टमा सिलाइको काम गर्दै आएका उनी एक वर्षदेखि मृतक सफिया मियासहित स्वयम्भुमा बस्दै आएका थिए । त्यसक्रममा करिब ३ महिनादेखि उनीहरुबीच बेलाबेला वादविवाद हुने गरेको खुलेको प्रहरीको भनाइ छ ।
वादविवादका क्रममा शरीरको विभिन्न भागमा आग्लोले हानेर घाइते बनाएपछि बिहान अन्दाजी ३/४ बजेतिर उनकै सलले बेरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि शवलाई खाटमुनि लुकाएर उनी ढोकामा ताला लगाएर चाबी बाहिर निस्किने बाटोको झ्याङमा फ्याँकेर भागेका थिए । यस विषयमा थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
