• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ६ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ७ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ७ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • ७ घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ९ घण्टा 

२०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम
  • ९ घण्टा 

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा
  • १० घण्टा 

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • ११ घण्टा 

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

माओवादीसँग निर्णायक छलफलमा एमाले नेताहरु, प्रचण्डसँग डिल गर्न विष्णु पौडेललाई जिम्मा

जानकारी केन्द्र २०८०, माघ, ९

काठमाडौं । नेकपा (एमाले) का शीर्ष नेताहरुले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटवार्ता गरेका छन् । यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नको लागि जुनसुकै बेला निर्णायक आन्दोलनमा जानसक्ने हुन्छ भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका एमाले अध्यक्ष ओलीले भने आज (मंगलबार) बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग सामूहिक र एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

एमालेको सिंगो नेतृत्व पँक्तिसहित बालुवाटार पुगेका ओलीले मध्यपहाडी यात्राको क्रममा आफूहरुलाई प्राप्त जनताका माग र समस्याहरुको बारेमा प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । एमालेले १८ दिनको यात्राका क्रममा स्थानीय रुपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग समावेश गरेको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटवार्वाबारे तस्विर सार्वजनिक गर्दै ओलीले फेशबुकमा लेखेका छन्(

मध्यपहाडी यात्राको क्रममा हामीलाई प्राप्त भएका जनताका माग र समस्याहरूबारे आज हामीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएका छौं। १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन्। जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्। मैले प्रधानमन्त्रीलाई यी माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु। प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गर्नु भएको छ। यी माग पूरा गर्न निरन्तर फलोअप गर्न हामीले पूर्व अर्थमन्त्री तथा हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएका छौं।
सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय

रिपोर्टर्स नेपाल डटकमले यसअघि नै प्रधानमन्त्री दाहाल युगाण्डा भ्रमणमा रहेको बेलामा नै ओलीले प्रधानमन्त्री दाहालसँग सहकार्यको लागि निर्णायक वार्ता गर्ने समाचार लेखेको थियो । एमालेभित्र यतिवेला माओवादीसँग सहकार्यको लागि पहल गर्नुपर्ने आवाज उठेको छ । यसपटक एमाले र माओवादीबीच सत्ता सहकार्यमा दुवै दलका अध्यक्षहरु ओली र प्रचण्ड नै संलग्न रहेको उच्च स्रोतको दाबी छ । विगतमा पार्टी एकता गर्दा गरिएका गल्तीहरु सच्चाउनेगरि यसपटक पार्टी एकता गरौं भनेर दुवै दलका अध्यक्षहरुले महशुस गरेर निर्णायक छलफलमा बसेको स्रोतको दाबी छ ।

ओलीले प्रधानमन्त्री दाहालसँग छलफल गर्न एमाले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मा दिएका छन् । पुष १० गते एमालेको समर्थनमा प्रधानमन्त्री दाहाल फागुनसम्म आईपुग्दा एमालेको साथ छोडेर कांग्रेससहितको गठबन्धन बनाएका हुन् । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व गरेको गत पुष १० गते नै एक वर्ष पुगिसकेको छ । एमाले नेतृत्वले तीन वर्ष नै सरकारको नेतृत्व गर्नको लागि प्रचण्डलाई आग्रह गरेको बुझिएको छ। माओवादीभित्र पनि एमालेसँग सहकार्य गर्नुपर्ने आवाज बुलन्द हुन थालेको छ । माओवादीका प्रभावशाली नेताहरु वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरु एमालेसँग सहकार्य गर्दा पार्टीलाई राम्रो हुने पक्षमा उभिएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

ताजा

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.