राष्ट्रिय सभा निर्वाचन आज, नतिजा पनि आजै
काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि आज मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छ वर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । नेकपा (एमाले) को सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम अहिले बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनबमोजिम प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभा सदस्य निर्वाचित गर्ने छ । प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन् । पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने जानकारी दिए। उनले आज अबेर रातिसम्म मतपरिणाम आउने गरी गणना गर्ने तयारी गरिएको बताएका छन्।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

