Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

शहिद दिवसमा सार्वजनिक बिदा नहुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १५
शहिद दिवसमा सार्वजनिक बिदा नहुने

काठमाडौं । सरकारले यस पटक शहिद दिवसमा सार्वजनिक बिदा नदिने भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको ८० सालको पर्व तथा सार्वजनिक बिदा सम्बन्धी सूचीमा समेत शहिद दिवसको बिदा कटौती गरेको थियो । सूचनामा यस माघ महिनामा १ गते माघी पर्व, माघ २७ सोनम ल्होसारको बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयलका अनुसार आगामी १६ माघमा पर्ने शहिद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जनाएका छन् ।

सरकारले यो वर्ष शहिद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । यो साल जम्मा ८९ दिनमात्र सार्वजनिक विदा दिने छ । ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने निर्णय गरेको हो ।

भोलि मंगलबार १६ गते शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । उनका अनुसार शहिद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत खुल्ने र सेवा प्रवाह हुनेछ ।

कटौती गरिएका बिदाहरू
गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस रहेको छ । अब लोकतन्त्रका नाममा संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइनेछ । अब संविधान दिवस बाहेक अरू दिवसमा समारोह हुन्छ, तर सार्वजनिक बिदा नहुने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स