साताको अन्तिम कारोबार दिन उच्च अंकले घट्यो नेप्से
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । सातको तीन कारोबार बढेको सेयर बजार सातको २ कारोबार दिन भने घटेको हो । बुधबार पनि सेयर बजार घटेको थियो ।
सेयर बजार आइतबार १०.३७ अंकले, सोमबार १०.२६ अंकले र मंगलबार १४.८८ अंकले बढेको थियो भने बुधबार २२.६७ अंकले घटेको थियो । नेप्से सूचक घटेसंगै कारोबार रकम पनि खुम्चिएको छ । बिहीबार सेयर बजारमा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार सेयर बजारमा ५ अर्ब २९ करोड ५६ लाअ ५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्य घटेको छ भने एक उपसमूहको मात्र सेयर मूल्य बढेको छ । यसदिन फाइनान्स कम्पनी उपसमूहको सेयर मूल्य ०.२१ प्रतिशतले बढेको हो । बिहीबार ३ सय ९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ५१ कित्ता सेयर ८० हजार २९ पटक किनबेच भएको छ । कारोबारमा आएको १९ कम्पनीको मात्र सेयर मूलय बढेको छ । बाँकी २ सय२६ कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहीबार ५४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर परेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
