धादिङमा कुटाकुट गराउने नेतालाई बालकोट आउन ओलीको निर्देशन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको पार्टी पार्टी केन्द्रसम्म आईपुगेको छ । शनिबार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको थियो ।
विवाद बढ्दै जाँदा अधिवेशन सोमबारसम्मलाई स्थगित भएको छ । धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको थियो।
विवादलाई लिएर एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले एउटा पक्षलाई जिताउने गरी लागेपछि अवस्था जटिल भएको धादिङस्थित एमालेका कार्यकर्ताहरूको भनाइ छ।
धादिङमा बलियो अवस्थामा रहेको त्रिपाठी समूहलाई पन्छाउँदै प्रदेश अध्यक्ष ढुंगेलले लोहनी समूहका डा रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन लागेपछि विवाद बढेको नेताहरुको दाबी छ । धादिङको जिल्ला अधिवेशनबाट हालका अध्यक्ष त्रिपाठी दोस्रो कार्यकालका लागि दोहोरिने तयारीमा छन्। तर, सर्वसम्मत अध्यक्ष बन्ने त्रिपाठीको आकांक्षामा ब्रेक लाग्ने अवस्था आएपछि परिस्थिति थप बिग्रिएको हो ।
लोहनी समूह एमाले अध्यक्ष आोलीको कट्टर समर्थक हुन भने त्रिपाठी एमालेको दशबुँदे पक्षधरका नेता हुन् । गएको प्रदेश अधिवेशनमा अध्यक्षका अर्का प्रत्याशी कृष्णप्रसाद दाहालको पक्षमा त्रिपाठी लाग्दा लोहनीले हालको प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई खुलेर समर्थन गरेका थिए । महाधिवेशनको उक्त तिक्तताकै कारण जिल्ला अधिवेशनमा यस्तो माहोल सिर्जना भएको एमालेका जिल्ला नेताहरु बताउँछन् ।
यसैबीच एमालेको जिल्ला अधिवेशनको विवाद पार्टी हेडक्वाटरमा आईपुगेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अध्यक्ष ढुंगेलसहित ८ जना नेतालाई छलफलका लागि बोलाएका छन् । एमालेका एक नेताका अनुसार ओलीले प्रदेश अध्यक्ष ढुंगेलसहित गुरु बराल, नवराज सिलवाल, खेम लोहनी, भर्मदत्त देवकोटा, भूमि त्रिपाठी, रेशम लामा र मीनराज कँडेललाई छलफलका लागि बालकोट बोलाएका हुन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

