राष्ट्रियसभाको अध्यक्ष नछाड्ने प्रचण्डको भनाई, सांसदहरुपनि एकमत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष नछाड्ने भएको छ। पार्टीको आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको ठूलो दलको हैसियतले आफूहरुले नै राष्ट्रियसभाको अध्यक्ष लिने बताएका हुन् ।
राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरु रुष्ट छन् । आजको दलको बैठकमा अधिकांश सांसदहरुले राष्ट्रियसभाको अध्यक्ष कुनैपनि हालतमा नछाड्न नेतृत्वसमक्ष दबाब दिएका छन् ।
माघ ११ गतेको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी ठूलो दल बनेको छ । उसका १७ सांसद छन् । राष्ट्रियसभाको निर्वाचनलगत्तै अहिलेको सत्ता गठबन्धन नै भत्किन सक्ने चर्चा भैरहेको छ ।
कांग्रेसका नेताहरुले भने राष्ट्रियसभाको अध्यक्ष कृष्णप्रसाद सिटौला बन्ने दाबी गरेका छन् । उनी राष्ट्रियसभाको अध्यक्ष बन्नको लागि नै उनी चुनावी मैदानमा उत्रिएको बताईने गरेको छ ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

