सहकारी ठगको अरोपमा ध्यान दिनुभन्दा समाधानको उपायतर्फ लाग्यौंः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सहकारी ठगको आरोप लागिरहँदा आफू सहकारी र लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदन तयार गर्न ब्यस्त भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको आरोपमाथि ध्यान दिनुभन्दा पनि त्यसको समाधानको उपायमा आफू लागिपरेको बताएका हुन् ।
‘चर्चा, परिचर्चा, आरोप, प्रत्यारोपमा सबै व्यस्त रहँदा सहकारी र लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदनमा व्यस्त रह्यौं । आफूलाई लागेको आरोपमा ध्यान दिनुभन्दा त्यसको समाधानको उपायमा हामी लाग्यौं,’– उनले भने ।
सरकार आफूहरुको सहयोग चाहन्छ भने सहकारी प्रकरणमा आफूहरु सहयोग गर्न तयार रहेको उनले बताए । आवाज, आरोप–प्रत्यारोप, फुस्रा भाषण र नारामात्रै नभएर आफूहरुले योजनासहितको प्रतिवेदन तयार गरेको उनले बताए । आज सदनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने योजनासहित आएको भएपनि प्रचण्ड उपस्थित नभएको भन्दै उनले असन्तुष्टि जनाए ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

