Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

५ लाख घुससहित पक्राउ परेका जीतपुरसिमरा ३ का वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २४
५ लाख घुससहित पक्राउ परेका जीतपुरसिमरा ३ का वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष क्षेत्रीविरुद्ध विशेष अअदालतमा बुधबार मुद्दा दायर गरेको हो।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले पाँच लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टी भएपछि पाँच लाख रुपैयाँ विगो कायम गर्दै आयोगले बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स