दुई युवकमाथि खुकुरी प्रहार, एउटाको टाउकोमा र अर्काको दुवै हातमा चोट
जानकारी केन्द्र
२०८०, माघ, २५
चितवन । चितवनको रत्ननगर नगरपालिका १० स्थित बकुल्लर चोकमा दुई जना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी रहेका छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
आक्रमणमा संलग्न आरोपीहरू भागेका छन् । घाइतेहरूलाई उपचारका लागि एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घटना बारे इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

