दुई युवकमाथि खुकुरी प्रहार, एउटाको टाउकोमा र अर्काको दुवै हातमा चोट
जानकारी केन्द्र
२०८०, माघ, २५
चितवन । चितवनको रत्ननगर नगरपालिका १० स्थित बकुल्लर चोकमा दुई जना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी रहेका छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
आक्रमणमा संलग्न आरोपीहरू भागेका छन् । घाइतेहरूलाई उपचारका लागि एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घटना बारे इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
