माओवादीको विधान अधिवेशन सुरु, २९ वटा बत्तिमा दीप प्रज्वलन गरेर प्रचण्डले गरे उद्घाटन
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विधान अधिवेशन सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११ बजेदेखि विधान सम्मेलन सुरू भएको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २९औं जनयुद्ध दिवसको सन्दर्भमा २९ वटा बत्तिमा दीप प्रज्वलन गरेर विधान अधिवेशनको उद्घाटन गरेका छन् ।
तीन दिनसम्म चल्ने विधान सम्मेलनमा पार्टीको विधान परिमार्जन गर्नेछ। त्यसका लागि माओवादीले स्थायी कमिटी सदस्य गणेश साहको संयोजकत्वमा विधान मस्यौदा समिति बनाएको थियो।
उक्त समितिले मस्यौदा गरेको विधान पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिएको थियो। पार्टीका नेतृत्वदेखि तल्लो कमिटीहरूले दिएको सुझावमा सम्मेलनमा छलफल गरी निर्णय हुने छ ।
विधानसँगै नियमावली समेत बनाउने सम्बन्धमा पनि छलफल हुने छ । विधानले केन्द्रीय नेतृत्वदेखि स्थानीय नेतृत्व कस्तो बन्ने भन्ने तय गर्ने साहले बताए। समाजवादी क्रान्ति सम्पन्न गर्न कस्तो संगठनात्मक सिद्धान्त अपनाउने भन्ने निर्दिष्ट गर्नेगरी विधान सम्मेलनमा छलफल हुनेछ।
सम्बन्धित समाचार
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

