जनयुद्ध माओवादीलाई सत्तामा जाने भर्याङमात्र बन्यो, पीडितमैत्री नभएसम्म टीआरसी विधेयक टुंग्याउन सकिँदैन: केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले टाउकोको मूल्य तोक्नेहरु र तोकिनेहरु एकैठाउँमा रहुञ्जेल संक्रमणकालीन न्यायको विषयले निकास पाउन नसक्ने प्रष्ट पारेका छन् ।
मंगलबार मानव अधिकार आयोगले राजधानीमा गरेको मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताए । उनले हिंसा मच्चाउनेहरु सरकारमा पुगेर शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो ? भन्ने प्रश्नगरे ।
अध्यक्ष ओलीले तत्कालीन विद्रोही दल नेकपा माओवादीले जनतालाई झुटा सपना देखाएर जनयुद्धमा होमेको बताउँदै माओवादीको जनयुद्ध केबल सत्ता र प्रधानमन्त्तीको लागि मात्र भएको आरोप लगाए ।
‘हिंसा सुरु गरेको मिति ०५२ सालबाट ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो । त्यही संसदमा नलडीकन हिस्सा लिइयो । सरकारमा चुनाव नलडी पुगियो । अनि हिंसा छोडियो’ ओलीले प्रश्न गरे, ‘के भएर ? किन त्यत्ति थियो त्यसको उद्देश्य ? पार्लियामेन्टमा अच्छाखासा सिट संख्या र सरकारमा राम्रो हिस्सा । अरु त केही प्राप्त गरेको देखिँदैन । भनेपछि हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि छैन ।’
ओलीले १० वर्षे युद्धमा परेर घाइते भएका र अंगभंग भएकाहरुको सरकारले ध्यान दिन नसकेको बताए। उनले जनयुद्धका क्रममा कयौं गम्भीर मानव अधिकार उल्लंघनको घटना भएको बताउँदै पीडितले न्याय पाउनेगरी विधेयक नआएसम्म टीआरसी विधेयक पास नहुने प्रष्ट पारे । उनले सरकारले बहुमतको दम्भ देखाएर विधेयक पास गरे अन्तर्राष्ट्रिय निकायले उठाएका प्रश्नको जवाफ सरकार स्वयंले दिनुपर्ने बताए ।
‘पीडितलाई पीडामै राखेर हिंसा मच्चाउनेहरु सरकारमा उहिले नै गइसके । १८ वर्षअघि शासक भइसके । पीडित जस्ताको त्यस्तै । डेमोक्रेसी कांग्रेसलाई आयो हामीले देख्यौँ, तर घाइते, अपांगलाई आएन । हामी संक्रमणकालीन न्यायका कुरा किन उपलब्ध गराउँदैनौं ?’ ओलीले प्रश्न गरे ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

