पाल्पा जिप दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो
काठमाडौं । पाल्पाको तानसेन नगरपालिका डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । अरु १६ जना घाइतेको उपचार भइरहेको छ ।
दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामका यन कुमारी पन्त, राम बहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । दुर्घटनामा बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका चन्द्र रणपाल र चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी गिता सुनार, देबदह नगरपालिका ५ रुपन्देहीकी दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाका दिल कुमारी सुनार र बिष्णुकला कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाउ गाउँपालिकाको भित्री कच्ची सडक चिदिसका लागि छुटेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो ।
सम्बन्धित समाचार
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

