Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

पूर्वबाट पश्चिमतर्फ गइरहेको जिपले दियो ठक्कर, दिदीबहिनीले गुमाए ज्यान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ३
पूर्वबाट पश्चिमतर्फ गइरहेको जिपले दियो ठक्कर, दिदीबहिनीले गुमाए ज्यान

दाङ । दाङको देउखुरीमा जिपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवै दिदीबहिनी हुन्।

लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र ३–०१०२२ च १३६९ नं को जिपले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएपछि उक्त घटना घटेको हो ।

मृत्यु हुनेमा साइकलमा सवार प्युठानको झिमरूक गाउँपालिका १ घर भई हाल राप्ती गाउँपालिका ८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसी रहेको प्रहरीले जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स