त्रिवि मैदानमा नेपालको १५ खेलको एकदिवसीय जित यात्रा टुंगियो, नामिबियासँग ४ विकेटले पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । यो हारसँग त्रिवि मैदानमा नेपालको १५ खेलको एकदिवसीय जितयात्रा टुंगिएको छ ।
नेपालले त्रिवि क्रिकेट मैदानमा १५ खेलयता एकदिवसीय अन्तर्राष्ट्रिय खेल हारेको थिएन। सन् २०२२ को नोभेम्बर १४ तारिखमा नेपाल यूएईसँग पराजित भएयता कीर्तिपुर मैदानमा भएका सबै १५ खेल जितेको थियो ।
यूएईसँगको तीन खेलको शृंखला नेपालले पहिलो खेल हारेर पनि लगातार दुई खेल जित्दै हात पारेको थियो ।
नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ अोभरमा मात्र ६ विकेट गुमाएर पूरा गर्यो।
नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए ।
ओपनर माइकल भान लिनगेनले २३ तथा अर्का ओपनर निकोलास डाविनले १५ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेलले पनि एक विकेट हात पारे ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए ।
नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिएपछि नेपाल घरेलु मैदानमै १३२ रनमा अलआउट भएको हो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

