ससुराली जान कपडामा आइरन गर्दा करेन्ट लागेर युवकको निधन
जानकारी केन्द्र
२०८०, फाल्गुन, ४
रौतहट । रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए ।
करेन्ट लागेर अचेत भए लगत्तै उनलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतकको शव पोस्टमार्टम भएर बुधबार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ठाकुरको ९ महिनाअघि मात्र विवाह भएको थियो ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

