• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • ६ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • ७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • ८ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ९ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ९ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • १० घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

भीम उपाध्यायलाई भ्रष्टाचारको मुद्दा लाग्दा एमाले नेताहरु खुसी !

जानकारी केन्द्र २०८०, फाल्गुन, ८

काठमाडौं । नेपाल सरकारका पूर्व खानेपानी सचिव तथा मिडिया सेलिब्रेटी भीम उपाध्यायविरुद्ध भ्रष्टारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियारले उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो माग दावी गरेको छ ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीमाथि छ।

सचिव पदबाट अवकाश पाएपछि तत्कालीन केपी अ‍ोली नेतृत्वको सरकारविरुद्ध तारान्तार स्टाटस लेखेर भाइरल भएका उपाध्याय विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएपछि एमालेका युवानेताहरुले खुसी व्यक्त गरेका छन् । एमानेका युवा नेताहरु सूर्य थापा, महेश बस्नेत र विष्णु रिजालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपाध्यायको असली चरित्र देखिएको बताएका छन् ।

‘भीम उपाध्याय नामक भ्रष्टाचारको एकजना सरदारले गरेको गाली बेइज्जती भोग्नेहरू आज उनको नाममा ४ करोड २० लाखको राष्ट्रिय लुटखसोट थाहा भएर बल्ल सक्कली चेहरा खुलेको तथ्यसँगै चारछक परेका हुनुपर्छ। भ्रष्ट लुटेराको भ्रष्टाचारविरोधी अभिनय बल्ल उदाङ्गो भयो’ एमाले नेता सूर्य थापाले लेखेका छन् ।

एमालेकै अर्का युवा नेता रिजालले पनि सामाजिक सञ्जालमा कसैलाई नराम्रो हुँदा खुच्चिङ गर्नु राम्रो नभएपछि उपाध्यायले अत्तिनै गरेको बताएका छन् । ‘पूर्वसचिव भीम उपाध्यायलाई भ्रष्टाचारको मुद्दा लाग्दा धेरै मानिसहरु खुसी भएको पाइन्छ । उनले गरेको भ्रामक सूचना (डिस्इन्फर्मेसन)को खेतीको शिकार अरु त अरु हाम्रो जिल्लाका इमानदार नेता सूर्यबहादुर शाही (हालै नेकपा एमाले दैलेखको अध्यक्ष निर्वाचित) समेत हुनुएको थियो‘ उनले भनेका छन् ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयर लडेको बेला मतदाता भेटिरहेको एउटा तस्वीमा फोटोसपबाट हातमा हजार रुपियाँको नोट राखिदिएर पैसा बाँडेको भ्रामक तस्वीरसहित उनले कुप्रचार गरिदिएको रिजालको भनाइ छ । ‘किन यस्तो गर्नुभयो भनेर कुरा गर्दा न यिनले माफी मागे, न तस्वीर हटाए । ‘मैले त्यस्तै पाएँ, अनि हालेँ’ भन्ने गैरजिम्मेवार जवाफ दिए’उनले लेखेका छन् ‘सरकारको सचिव भइसकेर पनि नेपालमा ुडिस्इन्फर्मेसनुका अभियन्ता र कथित सुशासनका पक्षपाती भीम उपाध्यायको वास्ताविक अनुहार अख्तियारले उदांगो पारिदिएको छ’ ।

त्यस्तै एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पनि उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि प्रतिक्रिया जनाउँदै कथित सदाचारको गफ लगाउने भीम उपाध्ययको धोति फुस्किएको टिप्पणी गरेका छन् । ‘पूर्ब सचिव तथा कथित अभियान्ता भीम उपाध्याय विरुद्ध मेलम्ची खानेपानीको आयोजनामा ४ करोड ११ लाख भ्रष्टाचार गरेको दाबि सहित अख्तियारले मुद्दा दर्ता गरेछ । कथित सदाचारको गफ लगाउने भीम उपाध्ययको धोति फुस्किएछ’ बस्नेताले भनेका छन् ।

उनी सामाजिक सञ्जालमा सुशासन र भ्रष्टाचारविरुद्ध स्टाटस लेखेर थाक्दैनन्। यति मात्र होइन, अन्य विषयमा पनि उनी अरूको उछितो काढ्न पछि पर्दैनन्।

  • भ्रष्टाचारको मुद्दा लागेका पूर्वसचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाखभन्दा धेरै बिगो मागदावी
  • अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
  • मिडिया सेलिब्रेटी पूर्वसचिव भीम उपाध्याय भ्रष्टाचारमा मुछिए, मुद्दा दर्ता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

ताजा

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.