सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका ७ जानकी टोलका ३२ वर्षीय राकेश राउत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका राउतलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल साइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो ।
सोमबार साँझ हुलाकी सडकस्थित कौडेना गाउँपालिका २ मा सदरमुकाम मलंगवाबाट गडहीयातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


