काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्धमा बा.प्र.०२-०२३ प ८६४८ नम्बरको मोटरसाइकल र ना.८ ख ११९९ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ तिनचुली बस्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा घर भएकी १८ वर्षीया सम्झना राईको बिहीबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले बताएको छ ।
नेपाल प्रहरीले बताए अनुसार बैतडी, डिलासैनी गाउँपालिका-१ घारडामा सु.प.प्र.०१००१ च ३१४६ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार डिलासैनी गाउँपालिका-१ धौला बस्ने ५० वर्षीय गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


