छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, फाल्गुन, ११
काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्धमा बा.प्र.०२-०२३ प ८६४८ नम्बरको मोटरसाइकल र ना.८ ख ११९९ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ तिनचुली बस्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा घर भएकी १८ वर्षीया सम्झना राईको बिहीबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले बताएको छ ।
नेपाल प्रहरीले बताए अनुसार बैतडी, डिलासैनी गाउँपालिका-१ घारडामा सु.प.प्र.०१००१ च ३१४६ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार डिलासैनी गाउँपालिका-१ धौला बस्ने ५० वर्षीय गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
