विभिन्न स्थानमा आगलागीबाट धनमाल जलेर नष्ट
काठमाडौं । देशका विभिन्न ठाँउमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ । सुर्खेत, सिम्ता गाउँपालिका-२ काफलकोट जिवन ज्योती माध्यमिक विद्यालयको स्टोर रूममा बिहीबार राति आगलागी फर्निचर, कम्प्युटर १३ थान, सेनिटरी प्याड ३३ बोरा पूर्णरूपमा जलेर करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ।
नेपाल प्रहरीले बताए अनुसार प्यूठान, स्वर्गद्धारी नगरपालिका-७ तापा बस्ने डमे कुमालको घरमा विद्युत सर्ट भई बिहीबार बेलुकी आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० बगुवा बस्ने राज कुमार श्रेष्ठको गोठमा बिहीबार राति आगलागी हुँदा करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले जनाएको छ ।
त्यस्तै गरेर रोल्पा, सुनिलस्मृति गाउँपालिका-३ मिझिङ बस्ने दुज बहादुर रोकाको गोठमा बिहीबार राति आगलागी हुँदा करिब २ लाख ९० हजार रूपैयाँ बराबरको धनमल जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
