विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला
काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-९ वडा कार्यालय नजिक हाल एकिन नाम, थर, वतन नखुलेका शंकर भनेर बोलाउने गरिएका करिब ४० वर्षीय भारतीय नागरीक शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । यसैगरी खोटाङ, रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने ५० वर्षीय ध्यान बहादुर राई सोही ठाउँ बस्ने जितेन्द्र राईको मतान घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले बताए अनुसार रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ संगमपथ बस्ने ७५ वर्षीय प्रेमराज आचार्य सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गरेर उदयपुर, उदयपुरगढी गाउँपालिका-७ दमाइकुटे कुईभिर खोलामा सोही गाउँपालिका-७ ससुराली गाँउमा बस्दै आएका रौतामाई गाउँपालिका-८ घर भएका ३८ वर्षीय जमान सिंह लाय मगर शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ ।
ईलाम, माई नगरपालिका-२ झ्याम्टेस्थित भिरमा बर्दिया मधुवन नगरपालिका-९ घर भई झापा दोमुखास्थित सिँचाइको ड्याम बनाउने काम गर्दै आएका २१ वर्षीय समिर थारु शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
