डुबेर मृत्यु
काठमाडौं । रूपन्देही, शुद्धोधन गाउँपालिका-३ सखुवानीस्थित न्यू कामना इटा उद्योग नजिकै पानीको खाल्डोमा डुबेर सोही उद्योगमा काम गरी बस्ने भारत बलरामपुर घर भएका सफिक राईनीको छोरा ९ महिनाको रन्जाम राईनीको आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-१ कस्केरी बस्ने ४० वर्षीय मंगा तामाङको आइतबार राति मृत्यु भएको छ । माछा मार्ने क्रममा मंगा तामाङ र सोही ठाउँ बस्ने ४३ वर्षीय रक्से तामाङ डुबेर वेपत्ता भएका भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम, गण्डकी प्रदेश प्रहरी गण पोखरा र सशस्त्र प्रहरी बल समेतको टोलीले खोजी गर्ने क्रममा मंगाको शव फेला परेको प्रहरीले जनाएको छ । रक्से तामाङको खोजी भइरहेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

