काठमाडौंका विभिन्न स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने
जानकारी केन्द्र
२०८०, फाल्गुन, १६
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले आज एक सुचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आजदेखि फागुन २२ गतेसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाएको हो ।
आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
