कर्णाली पछि परेको होइन, पारिएको हो : मुख्यमन्त्री शर्मा
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई राज्यले नै पछि पार्ने काम गरेको आरोप लगाएका छन् । ‘कर्णाली आफैँ पछि परेको होइन, बरू राज्यले नै पछि पार्ने काम भएको हो, पछाडि पारिएको हो,’ उनले भने ।
उनले कर्णालीलाई पछि परेको क्षेत्रकारुपमा चिनाइएको भन्दै त्यो भाष्य गलत भएको र बदल्न आवश्यक रहेको बताए ।सुर्खेतमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णालीको विकासमा राज्यले लगानी नै नगरेको नआरोप लगाए । संघीयता लागू भइसकेपछि समेत कर्णालीको विकासलाई बेवास्ता गरिएको उनको आरोप छ ।
‘संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा हो । तर सरकार कानून नै बनाउँदैन, अधिकार दिदैन,’ उनले भने, ‘अधिकार संघले दिने र प्रदेशले माग्ने कुरा नै होइन, वास्तवमा यो त संविधानले स्पष्टसँग व्यवस्था गरिदिएको कुरा हो ।’ उनले कर्णालीलाई पछाडि पार्नका लागि राज्यले गरेको बेवास्ताको क्षतिपुर्ति कर्णालीले पाउनुपर्ने दाबी गरे ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

