काठमाडौं । सुनसरी, रामधुनी नगरपालिका-४ मानपुरस्थित सडकमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २४ वर्षीय करण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार दाङ, घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित घोराही सिमेन्ट लिमिटेड कम्पनीभित्र रा.१ क १२७८ नम्बरको टिपरको ठक्करबाट सोही उपमहानरपालिका-३ बस्ने ३० वर्षीय नारायण शर्माको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


