लुयान इलेक्ट्रिक स्कुटरको उपत्यकामा ७ ठाउँमा सर्र्भिस सेन्टर
लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाण्डौं, भक्तपुर र ललितपुरमा ७ ठाउँमा सँचालनमा आएको छ चीनमा आजभन्दा करिब २७ बर्ष पहिले लुयान ब्राण्डले इलेक्ट्रिक स्कुटर उत्पादन शुरु गरेको हो । नेपालमा जीरो इमिसन राइड एनले लुयानको स्कुटर बेच्न थालेको पनि ५ बर्ष भएको छ । यो समयअवधिमा नेपालमा लुयानले सयौं इलेक्ट्रिक स्कुटरहरु बेचिसकेको छ । जसका लागि आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरेको छ ।
काठमाण्डौं उपत्यका बाहेकका अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सँचालनमा रहेका छन् ।
सवारीसाधनमा बिक्रिपछिको सेवा महत्वपुर्ण हुने हुनाले यस्तो व्यवस्था मिलाइएको जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले बताउनुभएको छ । उहाँका अनुसार काठमाण्डौं उपत्यकाका ७ वटै सर्भिस सेन्टर मध्ये ग्राहकहरुले आफुलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्नेछन् ।
निर्देशक नगरकोटीका अनुसार ती सात वटै सर्भिस सेन्टरमा चार्जिङ्ग सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् । हाल नेपालमा खुलेका विभिन्न इलेक्ट्रिक स्कुटरको ब्राण्डहरुमध्ये लुयान धेरैले रुचाइएको ब्राण्ड बन्न सफल भएको छ ।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

