टेम्पो दुर्घटनामा ३ वर्षीया बालिकाको मृत्यु
जानकारी केन्द्र
२०८०, फाल्गुन, १८
सर्लाही । ब्रह्मपुरी गाउँपालिका-२ स्थित सडकमा मोहनपुरबाट सोनवर्षातर्फ जाँदै गरेको अन टेष्ट लेखिएको टेम्पो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार भारत सितामढी बस्ने सोनु पासवानकी छोरी ३ वर्षीया अनुष्का पासवानको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएकी अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टेम्पो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

