सजिलो विकल्प छाडेर रास्वपाले चुनौतीपूर्ण राजनीतिको बाटो रोज्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प छाडेर चुनौतिको बाटो रोजेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाले सत्तामा गएर आफूलाई प्रमाणित गर्ने चुनौतिको बाटो रोजेको बताएका हुन् । रास्वपाले आफ्नो नेतृत्वप्रति भरोसा गरेको भन्दै उनले उक्त भरोसालाई ठूलो जिम्मेवारी मानेको बताए ।
‘सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उहाँहरूसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतीपूर्ण बाटो उहाँहरूले रोज्नुभएको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
कांग्रेस–माओवादीको गठबन्धन टुटाएर प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा, एकीकृत समाजवादी र माओवादी केन्द्रसहितको समर्थनमा सरकार गठन गरेका छन् । रास्वपाबाट रवि लामिछाने पुनः उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


