आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
जानकारी केन्द्र
२०८०, फाल्गुन, ३०
काठमाडौं ।
पाँचथर, याङवरक गाउँपालिका-३ बानियाडाँडास्थित सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ईन्दिरा बराईलीको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार, भोजपुर नगरपालिका-२ चङखुले बस्ने ३४ वर्षीय युवराज राईको घरमा सोलारको तार सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी धादिङ, सिद्धलेक गाउँपालिका-२ कुवापानीटारस्थित आरबोटे सामुदायिक वनमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ७० वर्षीय हर्क बहादुर श्रेष्ठको गोठ र कुखुरा फर्ममा समेत आगलागी हुँदा २ वटा गोठ, कुखुरा फर्म, मोटरसाइकल १ थान, हाते ट्याक्टर १ थान र टिभी १ थान जलेर नष्ट भएको नेपाल प्रहरीले बताएकोे छ ।
प्रहरीका अनुसार , कैलाश गाउँपालिका-७ बिथली बस्ने इमानसिङ प्रजाको घरमा मंगलबार राति आगलागी भई सोही ठाउँ बस्ने प्रतापसिङ प्रजाको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
