आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं ।
झापा, कनकाई नगरपालिका-१ कालिमुडा बस्ने जय प्रकाश चौलागाईको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा लत्ताकपडा, खाद्यान्न लगायत विभिन्न सर-सामनहरू जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार , फालेलुङ गाउँपालिका-३ माङलेबुङ बस्ने कमला थाम्सुहाङको घरमा बुधबार बिहान आगलागी भई सोही ठाउँ बस्ने मन कुमार थाम्सुहाङको कच्ची घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
संखुवासभा, सिलिचोङ गाउँपालिका-२ तेलुङ्बा पाक्ला बस्ने ६७ वर्षीय बल बहादुर राईको गोठमा बुधबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । साथै आगलागीमा जलेर घाइते भएका राईको बाला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

