विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
जानकारी केन्द्र
२०८०, चैत्र, १
काठमाडौं ।
मकवानपुर, थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेल बस्ने ५० वर्षीया ज्ञानीमाया गमाल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार झापा, गौरीगंज गाउँपालिका-४ हुक्कागाछी बस्ने ५४ वर्षीय अनत लाल साह सोही ठाउँस्थित बाटोको नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोरखा, अजिरकोट गाउँपालिका-५ गाडाँपानीस्थित खोल्सामा सोही गाउँपालिका मुच्चोकटार बस्ने ५५ वर्षीया उमा देवकोटा बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार, ललितपुर महानगरपालिका-१८ चोभारस्थित बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

