हत्यामा संलग्न रहेको अभियोगमा झापामा दुई जना पक्राउ
झापा । गौरादह नगरपालिका-७ योगिटार बस्ने ८२ वर्षीया नरमाया बिश्वकर्माको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेहरूमा मृतककै नाती १८ वर्षीय किशोर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
गत शनिबार घरबाट हराएकी नरमायाको खोजी गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा बुधबार शव फेला परेको नेपाल प्रहरीले बताएको छ । घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शनिबार राति शौचालय जान उठेकी नरमायालाई फलामको रड प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथीको सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
