मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातामाटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही बलरा नगरपालिका-६ बस्ने २१ वर्षीय सुजित कुमार सहनी र २० वर्षीय सरोज कुमार सहनी रहेका छन् । प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
मकवानपुरमा ११ किलो गाँजासहित दुई जना पक्राउ
मकवानपुरमा ११ किलो गाँजासहित दुई जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


