काठमाडौं । मोरङ, बुढिगंगा गाउँपालिका-१ स्थित श्री प्लाइ प्रालिको प्लाइ बनाउने मेसिनमा शुक्रबार बिहान आगलागी हुँदा मेसिन जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार रूपन्देही, सैनामैना नगरपालिका-११ राजापानी बस्ने मिन बहादुर सार्कीले आफ्नै घर अगाडि पार्किङ गरी राखेको लु.१ ज ३०४८ नम्बरको विङगर गाडीमा बिहिबारराति आगलागी हुँदा ईन्जिन र सिटहरू जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


