आगलागीमा जलेर ३ जना बालबालिकाको मृत्यु
जानकारी केन्द्र
२०८०, चैत्र, ४
भोजपुर । हतुवागढी गाउँपालिका-७ पिप्ले बस्ने केदार कार्कीको गोठमा शनिबार साँझ आगलागी हुँदा उक्त आगलागीमा जलेर ३ जना बालबालिकाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार आगलागीमा जलेर केदार कार्कीको छोरा ५ वर्षीय प्रनिष कार्की, रमेश कार्कीको छोरी ७ वर्षीया दिपशिखा कार्की र उनकै छोरा ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको छ । घरमा कोही नभएको अवस्थामा गोठमा आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

