नेपालमा किङ्ग लङ्ग १९ सिटर बिद्युतिय माइक्रो भ्यानको बुकिंग खुला, मूल्य सहित संर्पुण जानकारी
काठमान्डौं
दिपक गौतम / जानकारी केन्द्र
पछिल्लो समयमा नेपालमा दिन प्रतिदिन विभिन्न प्रयोजनका बिद्युतिय सवारी साधन भित्रिने क्रम बढ्दो नै रहेको छ । यसै संन्दर्भमा नेपालमा विभिन्न प्रयोजनका लागी प्रयोगमा आउने बिद्युतिय सवारी साधनको आयात तथा बिक्रिवितरण गर्दै आएको सिजी मोटरर्सले व्यपारीक प्रयोजनका लागी प्रयोगमा आउने प्रख्यात किङ्ग लङ्ग ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो भ्यानको नेपालमा पनि बिक्रिवितरण सुरु गरि सकेको बताएको छ ।
उक्त किङ्ग लङ्ग ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो भ्यान नेपाली बजारमा उपयुक्त रहनुको साथै प्रयोगकर्ता तथा व्यवसायीहरुको सुबिधालाइ मध्यनजर गरेर लामो अध्यान अनुसन्धान पश्चात नेपालको भुगोल, वातावरण अनुसार उपयुक्त रहेको दावी सहित नेपालमा उक्त माइक्रो भ्यान भित्राएर बुकिंग पनि खुला गरेको कम्पनीले बताएको छ ।
सीएटीएल ब्याट्री भएको भ्यानमा डिजेल भन्दा दोब्बर वारेन्टीको दावी गर्दै व्याट्रीमा ७ वर्ष वा ४ लाख कि.मी. वारेन्टि सहित विक्रि सुरु गरिएको किंग लंग बिद्युतिय माइक्रो भ्यानले एक फुल चार्जमा ३ सय कि.मी. रेञ्ज दिनुका साथै उक्त भ्यानमा १० रिजेन मोड, हाइ प्रोफाइल टायर पाउन सकिने बताइएको छ ।
यस्तै गरेर उक्त किङ्ग लङ्ग ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो भ्यानमा ३ हजार ७ सय २० एम एम हिवल बेस रहेको छ भने २ हजार ७ सय ८० के जी कर्व वेइट रहनुका साथै म्यक्सिमम पेलोड क्यापसिटी १ हजार ४ सय २० के.जी. रहेको छ । यस्तै १९ सिटिंग क्यापसिटी रहेको बिद्युतिय किंगलंग माइक्रो भ्यानमा ९० किलो वाट रेटेड पावरका साथै ७७.२८ किलोवाटको ब्याट्री रहेको छ भने नर्मल तथा फास्ट दुबैमा जिबिटी पोर्ट सपोर्ट गर्ने बताइएको छ ।
२ सय २० एम एम ग्राउण्ड किल्यरेन्स रहेको किङ्ग लङ्ग ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो भ्यानमा ए भी यस, एमपी फाइभ, रिभर्स भ्यू क्यामरा, रिभर्स पार्किग सेन्सर, सेन्टरल लकिंग, एसी रेडियो,यूसबी यसडी कार्ड सल्ट लगायतका फिचरले कन्र्फट का साथै सेफ्टीको लागी पनि उपयुक्त रहेको दावी कम्पनीको रहेको छ ।
किङ्ग लङ्ग ब्राण्डको १९ सिटर बिद्युतिय माइक्रो मूल्य ७८ लाख रहेको छ भने नजिकको डिलरमा गएर टेष्ट ड्राइभ गर्न सकिने सुबिधा सहित एक्सचेञ्ज,फाइनान्स लगायतका सेवा सुविधाको साथै कुनै पनि जिज्ञासाको सामधान प्रप्त गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको बताएको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
