Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

एम ए डब्लु वृद्विले नेपालमा नयाँ इलेक्ट्रिक माइक्रो सोकोन ल्याउदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १४
एम ए डब्लु वृद्विले नेपालमा नयाँ इलेक्ट्रिक माइक्रो सोकोन ल्याउदै

काठमान्डौ
दिपक गौतम/ जानकारी केन्द्र

नेपालमा विश्व बिख्यात ब्राण्डका सवारी साधनहरुको आयत तथा बिक्रिवितरण गर्दै आएको एम ए डब्लु वृद्विले  सेरेज ब्र्राण्डको सोकोन इसि ३६ इलेक्ट्रिक भ्यान ११ सिटर नेपालमा भित्राउन लागेको बताएको छ । उक्त माइक्रो भ्यान निर्माता कम्पनी चोङकिङ सोकोन इन्डस्ट्रियल ग्रुप रहेको छ । उक्त चोङकिङ सोकोन इन्डस्ट्रियल ग्रुप सन् १९८६ मा स्थापना भएको हो भने चिनका शीर्ष ५०० उधोगहरु मध्ये एकको रुपमा रेंकिंगमा रहेको बताइएको छ ।

यो ग्रुप चिनको माइक्रो सेग्मेन्ट भेइकल निर्यात बजारमा अग्रणी रहेको दावी कम्पनीको रहेको छ भने सेरेज समूहको गाडीले युरोपेली संघको प्रमाणीकरण प्राप्त गर्ने पहिलो चीनीया अटोमोटिभ ब्राण्डहरू मध्ये एकको रूपमा पहिचान पनि पाएको बताइएको छ।

यस समूहले स्मार्ट इलेक्ट्रिक गाडीहरू, सुपर अर्बन यस यु भि, कम्प्याक्टएम पी भि , इलेक्ट्रिक लाइट कमर्शियल गाडी निर्माण गरेर उत्पादनहरू ७० भन्दा बढी देशहरू मा बिक्रिवितरण गर्दै आएको बताएको छ । नेपालका लागी आधिकारीक विक्रेता कम्पनी एम ए डब्लु वृद्विले , सोकोन इसि ३६ इलेक्ट्रिक भ्यान ११ सिटर चाँडै नै सार्वजनिक गर्ने योजना भैरहेको र अप्रिल महिना देखि बिक्री वितरण सुरु गर्ने पनि योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

एम ए डब्लु वृद्विले ले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह मध्ये एक हो । जसले यमाहा, जे सि बि, स्कोडा, जिप, आइचर, चांगगान,फेइट,सेरेज,फोटोन लगायतका अन्तर्राष्ट्रिय ब्राण्डहरूको बिक्रिबितरण गर्दै आएको छ भने देशभरी ३५० भन्दा बढी टच प्वाइन्टहरू रहेको कम्पनीले बताएको छ ।

नेपालमा लगातार विभिन्न ब्राण्डका बिद्युतिय माइक्रो एक पछि अर्को भित्रिदै आइरहेको सन्दर्भमा बिभिन्न माइक्रो कम्पनी सम्बन्धि प्रयोग कर्ताहरुको मिश्रित प्रतिक्रिया आइरहेको सन्दर्भमा नेपालको लागि उपयुक्त दाबी गर्दै भित्राउन लागिएको सेरेज ब्र्राण्डको सोकोन इसि ३६ इलेक्ट्रिक भ्यान ११ सिटरले नेपाली बजारमा अलग्गै पहिचान बनाउने दाबी नेपालका लागी आधिकारीक विक्रेता कम्पनी एम ए डब्लु वृद्विकोे रहेकोे छ ।

Top Changing Nepal

युट्युब सट्स