डुबेर मृत्यु
काठमाडौं ।
भजनी नगरपालिका-२ रजबारा बस्ने तुलराम विकको छोरी १३ वर्षीया ममता विकको सोही ठाउँस्थित काडा नदीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार खप्तडछेडेदह गाउँपालिका-७ लमगाउँस्थित छेडेदह तालमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय बिरेन्द्र बहादुर रावतको आइतबार दिउँसो मृत्यु भएको छ । घुम्न गएको अवस्थामा डुङ्गामा चढि खेल्ने क्रममा डुङ्गा पल्टिँदा बिरेन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-१३ बलिरामपुरस्थित पसाह नदीमा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय नरेश प्रसाद यादवको आइतबार दिउँसो मृत्यु भएको छ । त्यस्तै गरेर बलानविहुल गाउँपालिका-४ बेल्ही टोल बस्ने ईन्दल मुखियाको छोरा ४ वर्षीय आनन्द मुखियाको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
