विभिन्न सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
काठमाडौं । मेल्लेख गाउँपालिका-७ सुयडीस्थित सडकमा सोडषाबाट साफेतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरका चालक मेल्लेख गाउँपालिका-१ ऋषिदह बस्ने २१ वर्षीय जनक धामी समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार,घोराही उपमहानगरपालिका-९ दुवीचौरस्थित सडकमा बुकाली डाडाबाट मुकुन्द डाडातर्फ जाँदै गरेको रा.८ प ३९५३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय अर्जुन बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यसैगरी वाणगंगा नगरपालिका-६ बनकसियास्थित सडकमा बैदौलीबाट कुश्मातर्फ जाँदै गरेको इलेक्ट्रोनिक स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राजु थारूको सोमबार बिहान मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बकैया गाउँपालिका-४ गोठखोलास्थित सडकमा प्रदेश ३-०१-०२४ च १७९६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने निजल बानियाको छोरा ११ वर्षीय निशान बानियाको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तेै गरेर बर्दिबास नगरपालिका-८ निमचोकमा बर्दिवासबाट हात्तिलेटतर्फ जाँदै गरेको बा.७८ प ५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक बर्दिबास नगरपालिका-२ लच्का बस्ने ३५ वर्षीय पूर्ण बहादुर मगरको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिबासस्थित शुभ-स्वस्तिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि बर्दिबासतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
